Posts

Showing posts from April, 2016

फर्केर हेर्दा २०७२

Image
Barpak २०७२  साल सतहबाट हेर्दा साह्रै दुखद् भयो । भर्खरै जन्म मात्र लिएको  २०७२  लाई  १५  दिन पनि पुग्न नपाउँदै भुकम्प भन्ने नामद्वारा नामकरण गरियो । भुकम्पिय साल , २०७२  । केन्द्रबिन्दु पर्यो बारपाक तर मुख्य केन्द्र बिन्दु भयो मानिसको मस्तिष्क । भुकम्पमा धेरैको ज्यान गुम्यो , क्षतिहरू धेरै भए । भुकम्पमा धेरै अनाथ भए । Bhaktapur भुकम्प अझै पनि यहाँ मानिसको मन र मस्तिष्कमा छ । भुकम्पमा राहतहरू बाँडिए । दुख-सुख ,  आशु-खुसी साटिए । मित्र राष्ट्रहरू बाट सहयोग आयो । नेपाली सेना , नेपाल पुलिस , विभिन्न सरकारी र गैर सरकारी बाट सहयोग भयो । बिस्तारै भुकम्पको त्रास घट्दै गयो । तर हावा र हुरिले फेरी पश्चिम नेपालमा त्रास मच्यायो । संबिधान जारी हुनु भन्दा अघी मधेश - थारु आन्दोलन चर््कियो । भदौ ७ गते कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी सहित ७ प्रहरी र बालक को मृत्यु भयो । भूकम्पले किचिएको हाम्रो देशलाई संबिधानले असोज ३ गते ठुलो खुशी दियो । संबिधानको स्वागत धेरै ठाँउमा भयो । मधेश केन्द्रीत दलहरुले यसको स्वागत गरे...

कार्वाही कि लापार्वाही ?

निकै नै कठिन र डर लाग्दो यात्रा मानिन्छ हावाईजहाँजको यात्रालाई । नेपाली आकशलाई एउटा असुरक्षित र  डरलाग्दो बाटोको रुपमा हेरिन्छ अचेल । वास्तवमा आकशमा हावाईजहाँज उडाउने एउटाा साहसिक काम हो । आफ्नो जिवन जोखिम्पूर्ण पार्दै चालक र सहचालकले यात्रुहरुलाई एक ठाँउबाट अर्को ठाँउ पुराउछन । साहसी छन् ति सबै जना जसले आफ्नो जिवन छुरिको धारमा राखेर यस्तो सेवा दिन्छन् । तर सबै यात्रा सफल हुँदैन, कुनै कुनै यात्रा बिचमा नै टुङिन्छन । मानिसको जिवन पनि अन्त्य हुन्छ । चालकको लापर्वाही ? कि बिमान कम्पनीको लापार्वाही जसले बिमान निरिक्षण गर्दैन ? दोष कसको ? आरोप लाउन सजिलो छ,एक्ले अर्कालाई;अर्काले अर्कालाई । तर आरोप-प्रत्याररोप लगाउदै यहाँ दिनहरु जान्छन् । समवेदना प्रकट गरी पैसा दिएर कुराहरु बिर्सदै जान्छन् । तर दुखितको कुरा कसैले सुन्दैनन् । मात्र जिवनलाई पैसा सँग साटेर कुराहरु बिर्सन्छन् सबैजना । कार्वाहिको प्रकृया सबै हराउँछन् । कार्वाही पनि हुँदैन । मात्र घाउ मात्र बल्झन्छ पिडितको । आशु सुकेर जान्छ यहाँ पिडितको ।  मरेका मानिसको अस्तु खोलामा बगे सगैँ कार्वही पनि पानीमा बगेर जान्छ । लास ...

मैले देखेको पोखरा

Image
पोखरा , कास्की जिल्लाको सदरमुकाम , प्राकृतिक रूपले भरिपुर्ण छ । नेपालको चेरापुञ्जी भनेर चिनिने पोखरा पर्यटकिय रूपले हेर्दा एकदम रमणिय , स्वच्छ र आनन्दको अनुभुति दिलाउने खालको छ ।                                             सौजन्य : गूगल  माछापुच्छ्रे हिमाल टलक्क टल्लेको दृश्य पोखराको कुनै पनि ठाँउ बाट हेर्न सकिन्छ ।                                                         सौजन्य: Dreams Time  माछापुच्छ्रेको छायाँ फेवातालमा पर्छ जसको मनोरम दृश्य हेर्न सकिन्छ ।                                         सौजन्य: The Himalayan Times  महेन्द्र गुफा र चमेरी गुफाबाट निस्कदा एकदम साहसपुर्ण भएर आँउछ । ...