रङिन डायरी
भाग १ अनामनगर बाट पुतलिसडक जादै थिए । मोबाईलमा घन्टी बज्यो । अपरिचित नम्बर बाट कल आएको थियो । मैले फर्काइन । मलाई कैले पनि अपरिचित नम्बरबाट कल आयो भने फर्काउने बानी छैन । अलिकती अगाडी मात्र के पुगेको थिए फेरी त्यही नम्बर बाट कल आयो । " हेल्लो" , मैले भने । " हजुर मनोपरामर्श दिनु हुन्छ हैन ? " , उता बाट मसिनो आवज आयो । " हजुर हो त ।" , मैले जवाफ फर्काए । " बेलुकी ७ बजे हिमालयन जाभा !!!........ " फोन काटियो । म अलमल्ल भए । "जानु ? कि नजानु ? " आफैले मनमनै प्रश्न गरे । काम पनि केहि थिएन मेरो । अब गएपनी , नगएपनी केहि आपत परेको थिएन । आज सम्म कसैले त्यसरी बोलाएको पनि थिएन । आफैलाई अचम्म भयो । मनमा उत्सुक्ता जागो । उनि को थिईन भनेर ? उस्लाई मेरो प्राइभेट नम्बर कसले दियो भनेर ? मनमा धेरै प्रश्न लिएर म ६ बजे नै पुगे , बसन्तपुर । बसन्तपुर जहाँ जोडीहरु घुम्न आँउछन् , जहाँ बिदेशी पर्यटक पनि घुम्न आँउछन् । सबै जोडिको प्यारो ठाँउ हो , बसन्तपुर । एक जोडी जिस्किदै थिए । अर्को जोडी एक अर्कालाई हेरेर आँखा जुधाइ ...