Posts

Showing posts from 2016

रङिन डायरी

भाग १   अनामनगर बाट पुतलिसडक जादै थिए । मोबाईलमा घन्टी बज्यो । अपरिचित नम्बर बाट कल आएको थियो । मैले फर्काइन । मलाई कैले पनि अपरिचित नम्बरबाट कल आयो भने फर्काउने बानी छैन । अलिकती अगाडी मात्र के पुगेको थिए फेरी त्यही नम्बर बाट कल आयो । " हेल्लो" , मैले भने । " हजुर मनोपरामर्श दिनु हुन्छ हैन ? " , उता बाट मसिनो आवज आयो । " हजुर हो त ।" , मैले जवाफ फर्काए । " बेलुकी ७ बजे हिमालयन जाभा !!!........ " फोन काटियो ।  म अलमल्ल भए । "जानु ? कि नजानु ? " आफैले मनमनै प्रश्न गरे । काम पनि केहि थिएन मेरो । अब गएपनी , नगएपनी केहि आपत परेको थिएन । आज सम्म कसैले त्यसरी बोलाएको पनि थिएन । आफैलाई अचम्म भयो । मनमा उत्सुक्ता जागो । उनि को थिईन भनेर ? उस्लाई मेरो प्राइभेट नम्बर कसले दियो भनेर ? मनमा धेरै प्रश्न लिएर म ६ बजे नै पुगे , बसन्तपुर ।  बसन्तपुर जहाँ जोडीहरु घुम्न आँउछन् , जहाँ बिदेशी पर्यटक पनि घुम्न आँउछन् । सबै जोडिको प्यारो ठाँउ हो , बसन्तपुर । एक जोडी जिस्किदै थिए । अर्को जोडी एक अर्कालाई हेरेर आँखा जुधाइ ...

त्यो रातो संसार

" बाबा !! मलाई त्यो रातो रङको सर्ट किनिदिनु न । ", एकाएक त्यो सर्ट देख्ने बितिक्कै मैले भनिहाले । " तलाई किनिदिन्छु !! अस्ती दुई दिन अघी किनेको हैन त्यस्तै रातो रङको तलाई फेरी किन चाहियो ?  ", बाबाले झर्किदै भन्नुभयो । " नाई - नाई !!! मलाई चाहियो , चाहियो " , बाटोमा थचक्क बसेर मैले रोई - कराइ गरे । बाबाले मन नलागी नलागी किनिदिनु भयो । " ल , यो समेत गरेर तँ सँग अब १२ वटा रातो सर्ट भयो । ", बाबाले रिसाँउदै भन्नु भयो । रातो रङ भन्ने बितिक्कै मलाई जे पनि मनपर्थ्यो । रातो सर्ट , रातो रङको आलु घडी , रातो रङको गुडिया , सबै रातो रङको मात्र सामान थियो म सँग । उमेर बढे सँगै शरिर फेरियो , रहरहरु फेरिए , सपनाहरु फेरिए , साथीहरु फेरिए तर रातो रङ सँगको लगाव अहँ फेरिएन ।   फेर्दै फेरिएन   । हरेक पल्ट रातो रङको सामान किनियो । ल्यापटप , माउस ,किबोर्ड ,सबै रातो किनियो । बरु सेतो किनेर रातो रङ हालियो । अब प्लस २ का लागी काठमाडौं आईयो । सबै रातो र...

सानु

भाग १ " आहा!! आज आईतबार , आज त उसलाई भेट्ने दिन हो ।" , एकाबिहानै उठ्ने बित्तिकै दिमागमा यही कुरा आयो । केहि दिन अघी हामिले एकअर्का सँग कुरा गरेको चार दिन भएको थियो । चार-पाँच दिन कुरा गर्दैमा म कसैलाई भेट्ने मान्छे हैन । कम्तिमा पनि म मान्छेलाई बुझेर मात्र भेट्छु , उसको बानिहरु बुझेर भेट्छु । हाम्रो भेट पनि अचम्म तरिकाले भएको थियो । इन्स्टाग्राममा उनले फलो गरेकी थियिन । मैले पनि सहजै रुपमा फलो गरे । मैले हालेको हरेक पोस्टमा उनको लाईक आउन थाल्यो । मैले पनि प्रतिउत्तरमा उनको प्रोफाइल खोलेर सबै पोस्टमा लाईक हान्दै गए । अकास्मात् उनको एउटा फोटो देखेँ जुन मैले आज सम्म कसैको त्यस्तो देखेको थिईन । सार्है मनपर्‍यो उनको त्यो तस्बिर मलाई । त्यो तस्बिरले नै मेरो मन उनि प्रती बढी आकर्षित भयो । निलो रङको गुन्यु र रातो रङको फरियामा सजिएकी उनको तस्बिरलाई उनको मुस्कानले अझ बढो सुशोभित बनाएको थियो ।  सायद त्यही मुस्कान हुनुपर्छ जसले मलाई उनि प्रती बढी आकर्षित बनाएको छ । उनले एउटा सन्देश पठाईन इन्स्टाग्राममा । म अचम्ममा परे । त्यसरि कसैले आज सम्म सन्देश नै पठाए...

मैले उत्तर पाँए

आखिर को हुन् भगवान्   ? कुन भगवानलाई मान्ने ? कता बस्छन् भगवान् ? भगवान् कस्ता देखिन्छन् ? सबैलेकिन पुजा गरेका भगवानलाई ? भगवान पनि कती धेरै ? यती धेरै भगवानहरु किन सँगै नबसेका ? भगवान्कताबाट आएका ? भगवानलाई कसले जन्म दिएको हो ? कि कसैले भगवानलाई कतै लगेर छाडेको हो ? के भगवान् साच्चै छन् त ?  यस्ता थुप्रै कुराहरु मेरो मनमा एक्कासी आयो जब मैले भगवान्भन्नेशब्द सुने र मानिसहरुले ढुङ्गाको आकृती र फोटालाई पुजा गरेको देखेँ ।हुन त म सानै थिए तर पनि मलाई उत्सुकता र जिज्ञासा बढ्न थाल्यो ।मैले देखेँ भगवानलाई तर केवल फोटा र ढुङ्गाको आकृतीमा।कतै मुर्तिलाई अबिर र अक्ष्यताले पुजा गरेको भेटे , कतै मैन बत्ती बालेको देखेँ र कतै कम्मल ओढाएको देखेँ । तर कसैले पनि भगवान भनेको सुनिन र देँखिन पनि । कसैले शिवजी , कसैले बिष्णु , कसैले लक्ष्मी , कसैले गणेश , कसैले जिसस , कसैले अल्लाह । मैले न त भगवानलाई देखेँ , न त भगवान्सँग बोलेँ न त भगवानलाई छुन पाँए । उमेर बढे सँगै मेरा प्रश्नहरुको उत्तर मैले कहिले पाईन । मैले पनि तेस्तै गरे जस्तो मैले देखेँ । म मन्दिर पनि जान्थे , पुजा पनि गर्थिए । म...

झिमिक्क

साँझको बेला सुर्य अस्ताउँदै थियो । चिसो हावा चलिरहेको बेला जेनिश  कदमको पातको चोपबाट सानासाना हावाको फोको बनाएर रमाउँदै थियो । उ सधैँ एक्लो भएको बेला कदमको घारिमा गएर फोको बनाउदै उडाउँछ । उसका बा भने सदरमुकाममा गएर दाउरा बेच्छन् । आमाचैं घरैमा बसेर घरको काम गर्छिन । जेनिशको साथी भनेकै घरमा भएको गाईवस्तु हो । उनिहरु थरले बिस्वकर्मा हून् । समाजमा   दलित भनेर हेपिएका छन् । न त राम्ररी कुवाको पानी नै खान्छन् , न त मन्दिरमा नै छिरेरे पुजा गर्न पाउँछन् । उ स्कुल पनि जाँदैन । उसका साथिहरु पनि छैनन् । उ आफैँ कल्पना गरेर रुखहरु सँग खेल्छ । उसले माट्याङ्राको डल्लो बनाएर घरी कता फाल्छ घरी कता र खोज्न जान्छ ।  एकदिन जेनिशको आमा पानी लिन कुवातिर लागिन् । जेनिश पनि लुकी-लुकी आमाको पछीपछी लाग्यो । जेनिश आएको आमालाई ख्याल नै भएन । कुवामा धेरै भिँड थियो । आमाले आधा घण्टा कुरेको देखेर जेनिशलाई अचम्म लाग्यो त्यो पनि कुवा भन्दा निकै पर । आमा त लाईनमा पनि बस्नु भएन् । सबै जना चाहिँ लाईनमा तर आमाचैँ एक्लो भएर पर बसेको देखेर जेनिशलाई अलिअली रिसपनी उठ्यो अरुसँग तर आमाको भने सार्है माया लाग...

समय

समय परिवर्तन्शील छ । घडीको सुई घुमेजस्तै जीवन पनि घुमिरहन्छ । तर घडीको सुई एउटा दिशा तिर बाट मात्र घुम्छ तर हाम्रो जीवन जतातिर पनि मोडिन सक्छ । जीवन र घडीलाई हेर्दा एउटा मात्र कुरा मिल्छ त्यो हो जसरि घडी घुमेर पहिलेकै ठाँउमा पुग्छ हाम्रो जीवन पनि एकदिन अन्तिम अवस्थामा घुमेर तिनै पुग्छ जहाँ बाट सुरुभएको थियो, नांगो हुँदै । जीन्दगी रथको पाङ्रा जस्तै हो घुमिरहने । रथ तब सम्म कुद्छ जब पाङ्रा कुद्छ र पाङ्रा समय सँगै खिईदै जान्छ र रथ कुद्न छाड्छ । हाम्रो जीवन पनि थ्याक्कै  रथको  पाङ्रा जस्तै हो, एकदिन कुद्न छाड्छ र हामी बिलिन हुन्छौ । समयलाई हामिले लाखौँ कोसिश गरेपनी जित्न र समयलाई छल्न सक्दैनौँ । जसले छलकपट गरेर समयलाई जितेर अघी जान्छ तेस्लाई समय आफैँले पछी पार्छ । तर यो हैन कि हामी समय भन्दा सधै पछी हुन्छौँ , समय सँग हामी चल्न पनि सक्छौ । समय आनुसार हामी परिवर्तन पनि गर्न सक्छौ । समयले हामिलाई मार्ग देखाउँछ । समयको साथी भएर हिंड्न सक्नेहरुले आज धेरै कुरा गरिसकेका छन । बखान गरेर साध्य छैन मैले जो जो समय सँग हिँडेर शिखरमा पुग्न सफल भएका छन्  । ठुलाठुला ...

भोटको कसरत कि विकाश्को ?

सरकारले मिठा मिठा कुरा गरेर जनतालाई भुलाएको यस्पल्ट मात्र होईन । पहिले पनि धेरैको सरकार हेरियो । सबैले अहिलेको सरकारको जस्तै मिठा मिठा कुरा गरे  तर कुरा मात्र मिठा काम भने सबै तिता । हो , नेपाल मा धेरै कुराको सम्भव छ । जलबिधुत देखी लिएर जहाँज चन्द्रमामा पनि पुर्याउने कुरा सम्भव छ । तर कस्तो बिडम्ब्ना यहाँ सबै कुरामा राजनीति त घुसाउनै पर्‍यो । अब एमालेको सरकार छ,भनेपछी सबै तिर एमालेकै मान्छेहरु हाल्नु पर्‍यो । न त्यो मान्छेको कुनै क्षमता हेरिन्छ न त कुनै अनुभव पत्र नै , मात्र हेरिन्छ सदस्यताको प्रमाण । बोल्ने बेला त जस्ले पनि बोल्छ नि,  गर्ने बेला सबै बिरामी भएको नाटक गर्छन् , एउटाले अर्कोलाई गर्न दिदैन भनेर दोष दिदै बस्छन् । गर्ने नै हो भने , आजै देखी गर्न सुरु गर्ने हो । अब २ बर्ष भित्र गर्ने हो भनेर बस्ने मात्र होईन, तेही दिन देखी गरेर देखाउने हो भने चै बिश्वास हुन्छ । तुईन हटाउने भनेको कती भयो ? कातिवटा तुईन हट्यो ? कताकता को तुईन हट्यो ? प्रोजेक्टको बिवरण कता छ ? प्रोजेक्ट कस्ले गर्दै छ ?  यो सबैको प्रश्नको उत्तर चै नदिने मात्र यो गरिन्छ त्यो गरिन्छ भनेर बस्...

सिमसिम पानी

साँझ झमक्क पर्न लागेको थियो । त्यत्तिकैमा पानी पनि बर्षन थाल्यो । जेठको महिना मनसून सुरु हुँदै गरेको बेला पानी चाँही जुम्रे पर्दै थियो , सिमसिम पानी । करिव एक महिना देखी थला परेका आदित्य आज गम्भिर मुद्रामा छन् । हुन त सधैँनै गम्भिर हुने उनी आज अलिक भिन्न खाले व्यवहार गर्दै छन् । एकाएक उनको सास बध्न थाल्यो । कान्छा छिटो गएर बैध्य बा लाई डाँक भनेर मलिनो स्वरमा पुण्यमायाले कान्छो छोरो हरिप्रसादलाई भनिन् ।   खोक्तै आदित्यले भने ," हेर त पुने तलाई सुरुमा भेटेको बेला यस्तै मौसम थियो । छाडेर जाने दिन पनि उस्तै छ ।" " नबोल्नु न के !!! यस्तो गार्हो बेलाँ बोल्नु हुँदैन सार्हो पार्छ फेरी बिरामले ।" , पुण्यमायाले आशु पुछ्दै भनिन् । अब पनि नबोले त सँग कैले बोल्नु म । अब आजको रात त अन्तिम रात हो मेरो । तलाई हेर्न मन लागिराछ,अलिक छेउमा आएर बस्न किन कुनामा बसेकी । अब अन्तिम बेलाँ पनि आइनस् भने कैले आउँछेस् ।", टिल पिल आँशु पार्दै आदित्यले बोलाए । "चुप लाग्नु तपाईं !!! खाली नराम्रो कुरा गर्नु हुन्छ । केई हुँदैन तपाईंलाई अझै तपाईंले मलाई पश्चिम घुमाउन बाँक...

नटुंगीने यात्रा

भाग - १  केशरबारी  घाम अस्ताउँदै छ । आकाश रातो-पहेलो हुँदै छ । चराहरु आफ्ना बासस्थान तर्फ फर्कदै छन । गाईबस्तु पनि गोठ तिर जाँदै छन । सधैँ झैँ आज पनि बाटामा चुरोट खाँदै रमेश सिर हिड्दैँ छन । बिगतका दिनहरु समझ्दैँ उनि मनमनै हराउँछन । क्यान्सरले पीडित उनले चुरोट खाएको ४० बर्ष भयो । २० बर्ष देखी चुरोट खान सुरु गरेका उनि माध्यमिक तह सम्म केशरबारी विध्यालयमा पढ्आउँछन । ६० बर्ष पुगेका उनको एक छोरा र दुई छोरी छन् । छोरीहरुको त उनले विवाह गरे तर छोरो भने अझै पढ्दैछ , डिग्री । घरमा आमासँग बस््ने उनको पिताजिको  उनि सानै हुँदा देहावसन भएको हो । बिहे पनि उनले १५ बर्षको उमेरमा नै गरे ।  आज उनले जागिर बाट अवकाश प्राप्त गरे तर मन चै उनको अझैँ जागिर खोज्न तिरै छ । पेन्सन त उनले पाउने नै हूँन तर उनलाई बेकामे भएर बस्न भने मन छैन । सानै बाट जाँगरिलो उनि बिहान बेलुका वस्तु चराउँथे भने दिउसो विध्यालय जान्थे । दुई दाजु र एक भाई छन् उनका तर सबै नेपालाँ छन् । उनि चैँ गाँउमा नै बस्न रुचाउँछन । भाइ भने सवारी चालक छ । जेठा दाजु वखिल छन् र माईला दाई भने सानो पसल थापेर बसेका छन् ...