मैले उत्तर पाँए
आखिर को हुन् भगवान् ? कुन भगवानलाई मान्ने ? कता बस्छन् भगवान् ? भगवान् कस्ता देखिन्छन् ? सबैलेकिन पुजा गरेका भगवानलाई ? भगवान पनि कती धेरै ? यती धेरै भगवानहरु किन सँगै नबसेका ? भगवान्कताबाट आएका ? भगवानलाई कसले जन्म दिएको हो ? कि कसैले भगवानलाई कतै लगेर छाडेको हो ? के भगवान् साच्चै छन् त ? यस्ता थुप्रै कुराहरु मेरो मनमा एक्कासी आयो जब मैले भगवान्भन्नेशब्द सुने र मानिसहरुले ढुङ्गाको आकृती र फोटालाई पुजा गरेको देखेँ ।हुन त म सानै थिए तर पनि मलाई उत्सुकता र जिज्ञासा बढ्न थाल्यो ।मैले देखेँ भगवानलाई तर केवल फोटा र ढुङ्गाको आकृतीमा।कतै मुर्तिलाई अबिर र अक्ष्यताले पुजा गरेको भेटे , कतै मैन बत्ती बालेको देखेँ र कतै कम्मल ओढाएको देखेँ । तर कसैले पनि भगवान भनेको सुनिन र देँखिन पनि । कसैले शिवजी , कसैले बिष्णु , कसैले लक्ष्मी , कसैले गणेश , कसैले जिसस , कसैले अल्लाह । मैले न त भगवानलाई देखेँ , न त भगवान्सँग बोलेँ न त भगवानलाई छुन पाँए । उमेर बढे सँगै मेरा प्रश्नहरुको उत्तर मैले कहिले पाईन । मैले पनि तेस्तै गरे जस्तो मैले देखेँ । म मन्दिर पनि जान्थे , पुजा पनि गर्थिए । म...