धृतराष्ट्र : एक समिक्षा
धृतराष्ट्र पौराणिक कृति महाभारतको पात्र जो कौरवका पिता थिए । जन्मजात दृष्टिविहीन रहेकै कारणले उनलाई हस्तिनापुर राज्य संचालन गर्न दिईएन । उक्त राज्य उनका भाई पाण्डु जो पाँच पाण्डवका पिता थिए उनलाई सुम्पियो । धृतराष्ट्र जेष्ठ सुपुत्र थिए र उनको त्यो अधिकार एक अपाड़्ग भएको कारणले गर्दा खोसियो । उनको मनमा अरू प्रति विष पलायो र अपमानको बदला लिने भाव जाग्यो । एक कुशल व्यक्तिलाई यदि अपाड़्गता भएकै कारणले नेतृत्व लिने कुराबाट बञ्चित गराईन्छ भने त्यो व्यक्ति अपमान र अवहेलनाले घेरिएको महसुस गर्छ । घृतराष्ट्र खण्डकाव्यलाई सात वटा खण्डमा बिभाजन गरेर घनश्याम कँडेलले धृतराष्ट्रको पक्षबाट वकालत गरेका छन् जुन प्रस्टै देख्न सकिन्छ । यो खण्डकाव्य हेर्दा सानो लाग्न सक्छ र पढ्दा थोरै लाग्न सक्छ तर यस खण्डकाव्यले विश्वभरिका अपाड़्गता भएका व्यक्तिको पक्षबाट वकालत गर्दछ । अपाड़्गता भएका मानिसप्रति सबलाड़्ग मानिसहरूको दृष्टिकोण र व्यवहार कस्तो छ भन्ने चित्रण गर्दछ । घृतराष्ट्रको जीवनलाई सात खण्डमा बिभाजन गरेर प्रस्तुत गरिएको यस कृतिमा समाजले बिभिन्न लाल्छना लाएर एक अपाड़्ग व्यक्तिको क्षमतालाई दबाएर नेतृत्व लि...