Posts

धृतराष्ट्र : एक समिक्षा

धृतराष्ट्र पौराणिक कृति महाभारतको पात्र जो कौरवका पिता थिए । जन्मजात दृष्टिविहीन रहेकै कारणले उनलाई हस्तिनापुर राज्य संचालन गर्न दिईएन । उक्त राज्य उनका भाई पाण्डु जो पाँच पाण्डवका पिता थिए उनलाई सुम्पियो । धृतराष्ट्र जेष्ठ सुपुत्र थिए र उनको त्यो अधिकार एक अपाड़्ग भएको कारणले गर्दा खोसियो । उनको मनमा अरू प्रति विष पलायो र अपमानको बदला लिने भाव जाग्यो । एक कुशल व्यक्तिलाई यदि अपाड़्गता भएकै कारणले नेतृत्व लिने कुराबाट बञ्चित गराईन्छ भने त्यो व्यक्ति अपमान र अवहेलनाले घेरिएको महसुस गर्छ । घृतराष्ट्र खण्डकाव्यलाई सात वटा खण्डमा बिभाजन गरेर घनश्याम कँडेलले धृतराष्ट्रको पक्षबाट वकालत गरेका छन् जुन प्रस्टै देख्न सकिन्छ । यो खण्डकाव्य हेर्दा सानो लाग्न सक्छ र पढ्दा थोरै लाग्न सक्छ तर यस खण्डकाव्यले विश्वभरिका अपाड़्गता भएका व्यक्तिको पक्षबाट वकालत गर्दछ । अपाड़्गता भएका मानिसप्रति सबलाड़्ग मानिसहरूको दृष्टिकोण र व्यवहार कस्तो छ भन्ने चित्रण गर्दछ । घृतराष्ट्रको जीवनलाई सात खण्डमा बिभाजन गरेर प्रस्तुत गरिएको यस कृतिमा समाजले बिभिन्न लाल्छना लाएर एक अपाड़्ग व्यक्तिको क्षमतालाई दबाएर नेतृत्व लि...

ठुलो घर

अनामनगरको गल्लीबाट निस्किए पछी ठुलो गेट देखिन्छ । त्यो गेट भित्र ठुलो घर छ । सेतो रङले पोतिएको घर । रातो रङको माथी सेतो रङ लाएर पोतिएको घर ।  त्यो घरको भित्ताहरु नरम छन्  लाग्छ मानिसहरुको मांसपेशीले बनिएको जस्तो । त्यो भित्ताहरु यती नरम छन् कि बाहिर बाट जस्ले पनि चोट पुर्याउन सक्छ । घरको जग भने बलियो देखिन्छ । मानिसको हड्डिहरुले जग बसाएको जस्तो । तर हड्डी खिएर जग नै जान्छ जस्तो छ । घरको झ्यालहरु सबै बन्द छन्, त्यो घरमा बस्नेलाई वरिपरी के हुँदै छ केहि थाह हुन्न । त्यो घरमा सबै तिर आवाज छिर्न नदिने खै के जडान गरिएको छ , त्याँ भित्र वरिपरिको अवाज पनि छिर्न सक्दैन । तर कस्तो अचम्म त्यो घरले वरिपरीको नभएर बाहिरको आवाज चैँ सुन्न सक्छ, बाहिरको चैँ देख्छ । वरिपरिकाले घरको हातहरु देख्न सक्दैनन् , थोरै समस्या आयो भने त्यो घरले केहि गर्न सक्दैन । घरको खुट्टाहरु पनि देख्दैनन्, न घरकै कुनै अंशनै नै सरेर वरिपरीको वातावरणलाई ठीक पार्न सक्छ । बिचित्र के छ भने , त्यो घरले सहयोग नमागे पनि आफ्नो हात सार्दै बाहिरको लाई मद्दत गर्छ । अंश मात्र हैन पुरै घर पनि सर्न सक्छ , बाहिर मद्द...

रङिन डायरी

भाग १   अनामनगर बाट पुतलिसडक जादै थिए । मोबाईलमा घन्टी बज्यो । अपरिचित नम्बर बाट कल आएको थियो । मैले फर्काइन । मलाई कैले पनि अपरिचित नम्बरबाट कल आयो भने फर्काउने बानी छैन । अलिकती अगाडी मात्र के पुगेको थिए फेरी त्यही नम्बर बाट कल आयो । " हेल्लो" , मैले भने । " हजुर मनोपरामर्श दिनु हुन्छ हैन ? " , उता बाट मसिनो आवज आयो । " हजुर हो त ।" , मैले जवाफ फर्काए । " बेलुकी ७ बजे हिमालयन जाभा !!!........ " फोन काटियो ।  म अलमल्ल भए । "जानु ? कि नजानु ? " आफैले मनमनै प्रश्न गरे । काम पनि केहि थिएन मेरो । अब गएपनी , नगएपनी केहि आपत परेको थिएन । आज सम्म कसैले त्यसरी बोलाएको पनि थिएन । आफैलाई अचम्म भयो । मनमा उत्सुक्ता जागो । उनि को थिईन भनेर ? उस्लाई मेरो प्राइभेट नम्बर कसले दियो भनेर ? मनमा धेरै प्रश्न लिएर म ६ बजे नै पुगे , बसन्तपुर ।  बसन्तपुर जहाँ जोडीहरु घुम्न आँउछन् , जहाँ बिदेशी पर्यटक पनि घुम्न आँउछन् । सबै जोडिको प्यारो ठाँउ हो , बसन्तपुर । एक जोडी जिस्किदै थिए । अर्को जोडी एक अर्कालाई हेरेर आँखा जुधाइ ...

त्यो रातो संसार

" बाबा !! मलाई त्यो रातो रङको सर्ट किनिदिनु न । ", एकाएक त्यो सर्ट देख्ने बितिक्कै मैले भनिहाले । " तलाई किनिदिन्छु !! अस्ती दुई दिन अघी किनेको हैन त्यस्तै रातो रङको तलाई फेरी किन चाहियो ?  ", बाबाले झर्किदै भन्नुभयो । " नाई - नाई !!! मलाई चाहियो , चाहियो " , बाटोमा थचक्क बसेर मैले रोई - कराइ गरे । बाबाले मन नलागी नलागी किनिदिनु भयो । " ल , यो समेत गरेर तँ सँग अब १२ वटा रातो सर्ट भयो । ", बाबाले रिसाँउदै भन्नु भयो । रातो रङ भन्ने बितिक्कै मलाई जे पनि मनपर्थ्यो । रातो सर्ट , रातो रङको आलु घडी , रातो रङको गुडिया , सबै रातो रङको मात्र सामान थियो म सँग । उमेर बढे सँगै शरिर फेरियो , रहरहरु फेरिए , सपनाहरु फेरिए , साथीहरु फेरिए तर रातो रङ सँगको लगाव अहँ फेरिएन ।   फेर्दै फेरिएन   । हरेक पल्ट रातो रङको सामान किनियो । ल्यापटप , माउस ,किबोर्ड ,सबै रातो किनियो । बरु सेतो किनेर रातो रङ हालियो । अब प्लस २ का लागी काठमाडौं आईयो । सबै रातो र...

सानु

भाग १ " आहा!! आज आईतबार , आज त उसलाई भेट्ने दिन हो ।" , एकाबिहानै उठ्ने बित्तिकै दिमागमा यही कुरा आयो । केहि दिन अघी हामिले एकअर्का सँग कुरा गरेको चार दिन भएको थियो । चार-पाँच दिन कुरा गर्दैमा म कसैलाई भेट्ने मान्छे हैन । कम्तिमा पनि म मान्छेलाई बुझेर मात्र भेट्छु , उसको बानिहरु बुझेर भेट्छु । हाम्रो भेट पनि अचम्म तरिकाले भएको थियो । इन्स्टाग्राममा उनले फलो गरेकी थियिन । मैले पनि सहजै रुपमा फलो गरे । मैले हालेको हरेक पोस्टमा उनको लाईक आउन थाल्यो । मैले पनि प्रतिउत्तरमा उनको प्रोफाइल खोलेर सबै पोस्टमा लाईक हान्दै गए । अकास्मात् उनको एउटा फोटो देखेँ जुन मैले आज सम्म कसैको त्यस्तो देखेको थिईन । सार्है मनपर्‍यो उनको त्यो तस्बिर मलाई । त्यो तस्बिरले नै मेरो मन उनि प्रती बढी आकर्षित भयो । निलो रङको गुन्यु र रातो रङको फरियामा सजिएकी उनको तस्बिरलाई उनको मुस्कानले अझ बढो सुशोभित बनाएको थियो ।  सायद त्यही मुस्कान हुनुपर्छ जसले मलाई उनि प्रती बढी आकर्षित बनाएको छ । उनले एउटा सन्देश पठाईन इन्स्टाग्राममा । म अचम्ममा परे । त्यसरि कसैले आज सम्म सन्देश नै पठाए...

मैले उत्तर पाँए

आखिर को हुन् भगवान्   ? कुन भगवानलाई मान्ने ? कता बस्छन् भगवान् ? भगवान् कस्ता देखिन्छन् ? सबैलेकिन पुजा गरेका भगवानलाई ? भगवान पनि कती धेरै ? यती धेरै भगवानहरु किन सँगै नबसेका ? भगवान्कताबाट आएका ? भगवानलाई कसले जन्म दिएको हो ? कि कसैले भगवानलाई कतै लगेर छाडेको हो ? के भगवान् साच्चै छन् त ?  यस्ता थुप्रै कुराहरु मेरो मनमा एक्कासी आयो जब मैले भगवान्भन्नेशब्द सुने र मानिसहरुले ढुङ्गाको आकृती र फोटालाई पुजा गरेको देखेँ ।हुन त म सानै थिए तर पनि मलाई उत्सुकता र जिज्ञासा बढ्न थाल्यो ।मैले देखेँ भगवानलाई तर केवल फोटा र ढुङ्गाको आकृतीमा।कतै मुर्तिलाई अबिर र अक्ष्यताले पुजा गरेको भेटे , कतै मैन बत्ती बालेको देखेँ र कतै कम्मल ओढाएको देखेँ । तर कसैले पनि भगवान भनेको सुनिन र देँखिन पनि । कसैले शिवजी , कसैले बिष्णु , कसैले लक्ष्मी , कसैले गणेश , कसैले जिसस , कसैले अल्लाह । मैले न त भगवानलाई देखेँ , न त भगवान्सँग बोलेँ न त भगवानलाई छुन पाँए । उमेर बढे सँगै मेरा प्रश्नहरुको उत्तर मैले कहिले पाईन । मैले पनि तेस्तै गरे जस्तो मैले देखेँ । म मन्दिर पनि जान्थे , पुजा पनि गर्थिए । म...

झिमिक्क

साँझको बेला सुर्य अस्ताउँदै थियो । चिसो हावा चलिरहेको बेला जेनिश  कदमको पातको चोपबाट सानासाना हावाको फोको बनाएर रमाउँदै थियो । उ सधैँ एक्लो भएको बेला कदमको घारिमा गएर फोको बनाउदै उडाउँछ । उसका बा भने सदरमुकाममा गएर दाउरा बेच्छन् । आमाचैं घरैमा बसेर घरको काम गर्छिन । जेनिशको साथी भनेकै घरमा भएको गाईवस्तु हो । उनिहरु थरले बिस्वकर्मा हून् । समाजमा   दलित भनेर हेपिएका छन् । न त राम्ररी कुवाको पानी नै खान्छन् , न त मन्दिरमा नै छिरेरे पुजा गर्न पाउँछन् । उ स्कुल पनि जाँदैन । उसका साथिहरु पनि छैनन् । उ आफैँ कल्पना गरेर रुखहरु सँग खेल्छ । उसले माट्याङ्राको डल्लो बनाएर घरी कता फाल्छ घरी कता र खोज्न जान्छ ।  एकदिन जेनिशको आमा पानी लिन कुवातिर लागिन् । जेनिश पनि लुकी-लुकी आमाको पछीपछी लाग्यो । जेनिश आएको आमालाई ख्याल नै भएन । कुवामा धेरै भिँड थियो । आमाले आधा घण्टा कुरेको देखेर जेनिशलाई अचम्म लाग्यो त्यो पनि कुवा भन्दा निकै पर । आमा त लाईनमा पनि बस्नु भएन् । सबै जना चाहिँ लाईनमा तर आमाचैँ एक्लो भएर पर बसेको देखेर जेनिशलाई अलिअली रिसपनी उठ्यो अरुसँग तर आमाको भने सार्है माया लाग...