मैले उत्तर पाँए


आखिर को हुन् भगवान्  ? कुन भगवानलाई मान्ने ? कता बस्छन् भगवान्?भगवान् कस्ता देखिन्छन् ? सबैलेकिन पुजा गरेका भगवानलाई ? भगवान पनि कती धेरै ? यती धेरै भगवानहरु किन सँगै नबसेका ?भगवान्कताबाट आएका ? भगवानलाई कसले जन्म दिएको हो ? कि कसैले भगवानलाई कतै लगेर छाडेको हो ?के भगवान् साच्चै छन् त

यस्ता थुप्रै कुराहरु मेरो मनमा एक्कासी आयो जब मैले भगवान्भन्नेशब्द सुने र मानिसहरुले ढुङ्गाको आकृती र फोटालाई पुजा गरेको देखेँ ।हुन त म सानै थिए तर पनि मलाई उत्सुकता र जिज्ञासा बढ्न थाल्यो ।मैले देखेँ भगवानलाई तर केवल फोटा र ढुङ्गाको आकृतीमा।कतै मुर्तिलाई अबिर र अक्ष्यताले पुजा गरेको भेटे, कतै मैन बत्ती बालेको देखेँ र कतै कम्मल ओढाएको देखेँ । तर कसैले पनि भगवान भनेको सुनिन र देँखिन पनि । कसैले शिवजी , कसैले बिष्णु , कसैले लक्ष्मी , कसैले गणेश , कसैले जिसस , कसैले अल्लाह । मैले न त भगवानलाई देखेँ , न त भगवान्सँग बोलेँ न त भगवानलाई छुन पाँए ।

उमेर बढे सँगै मेरा प्रश्नहरुको उत्तर मैले कहिले पाईन । मैले पनि तेस्तै गरे जस्तो मैले देखेँ । म मन्दिर पनि जान्थे, पुजा पनि गर्थिए । म गिर्जाघर पनि जान्थे , मैन पनि बाल्थे । म मस्दिज पनि जान्थे र पार्थना गर्थे । तर मैले खासमा खोजेको भगवानलाई देखिन ।अहँ , देख्दैदेखिन ।मैले अरुले गरे जस्तै गरेर हुर्किदै आए  ।मैले सुनेँ की हरेक धर्मको ग्रन्थहरु हुन्छ जसमा भगवानका बारेमा लेखिएको हुन्छ ।  धर्म ग्रन्थहरु मैले खोजेर ल्याए ।  मैले खोजेका सबै धर्म ग्रन्थहरु पढेँ ।
मैले गितामा कृष्णका बचनहरु , कुरानमा मोहम्मदका बाणिहरु र बाईबलमा जिससका बाणिहरु , त्यहाँ केरिएका पात्रहरुको व्यवहार र तिनीहरुले गरेका कामहरुको विषयमा धेरै कुराहरु लेखेको पाए ।अन्तत्: मैले भगवानलाई देखेँ । मैले भगवानको अर्थ भेटे । मैले भगवानको रुप पनि हेर्न पाएँ ।

भगवान त केवल मान्छेको सोच रहेछ ।सत्यको बाटो हिंड्ने , सबै प्राणिको रक्षा गर्ने , कसैको चित्त नदुखाउने , कसैको पनि केहि नबिगार्ने, सबैको भलो सोच्ने , सबैको आदर र सम्मान गर्ने, सबैलाई माया गर्ने नै भगवान रहेछ । भगवानभनेको सत्य र अहिंसा हो । सत्य र अहिँसालाई नै भगवानमान्छु म । भगवानको बास्स्थान नै सत्य र अहिँसामा छ । भगवान केवल एउटा छन् , सत्य नै भगवानहो । भगवानको जन्म सत्य र अहिँसा बाट हुन्छ । भगवान साँच्चै नै हुन्छन् ।

अहिले सबै प्रश्नको उत्तर मैले पाएको छु जुन सानामा मलाई थाहा थिएन ।सानो छँदा गहकिलो उत्तर पाईन तर अहिले समयले यहाँ सम्म ल्याई पुराउँदा मैले भगवान सम्बन्धीका प्रश्नको उत्तर पाएँ ।सानो हुँदाको धेरै प्रश्नको उत्तर खोज्दै छु म । यस्ता धेरै अन्उतरित प्रश्नको उत्तर मलाई समय सँगै खोतल्नु छ ।

                                                                                                                -Agniprabha

Comments

Post a Comment

Popular posts from this blog

समय

भोटको कसरत कि विकाश्को ?

Road To Anarchism