झिमिक्क
साँझको बेला सुर्य अस्ताउँदै थियो । चिसो हावा चलिरहेको बेला जेनिश कदमको पातको चोपबाट सानासाना हावाको फोको बनाएर रमाउँदै थियो । उ सधैँ एक्लो भएको बेला कदमको घारिमा गएर फोको बनाउदै उडाउँछ । उसका बा भने सदरमुकाममा गएर दाउरा बेच्छन् । आमाचैं घरैमा बसेर घरको काम गर्छिन । जेनिशको साथी भनेकै घरमा भएको गाईवस्तु हो । उनिहरु थरले बिस्वकर्मा हून् । समाजमा दलित भनेर हेपिएका छन् । न त राम्ररी कुवाको पानी नै खान्छन् , न त मन्दिरमा नै छिरेरे पुजा गर्न पाउँछन् । उ स्कुल पनि जाँदैन । उसका साथिहरु पनि छैनन् । उ आफैँ कल्पना गरेर रुखहरु सँग खेल्छ । उसले माट्याङ्राको डल्लो बनाएर घरी कता फाल्छ घरी कता र खोज्न जान्छ ।
एकदिन जेनिशको आमा पानी लिन कुवातिर लागिन् । जेनिश पनि लुकी-लुकी आमाको पछीपछी लाग्यो । जेनिश आएको आमालाई ख्याल नै भएन । कुवामा धेरै भिँड थियो । आमाले आधा घण्टा कुरेको देखेर जेनिशलाई अचम्म लाग्यो त्यो पनि कुवा भन्दा निकै पर । आमा त लाईनमा पनि बस्नु भएन् । सबै जना चाहिँ लाईनमा तर आमाचैँ एक्लो भएर पर बसेको देखेर जेनिशलाई अलिअली रिसपनी उठ्यो अरुसँग तर आमाको भने सार्है माया लाग्यो उसलाई । सबै कुरा नियालेर हेर्दै थियो । उसलाई केहि पनि थाह थिएन के हुँदै छ भनेर । उसले आज सम्म पनि आमालाई सोधेको थिएन स्कुल किन नहालिदिनु भएको भनेर । बेलुकी पख बा पनि आए । आज बाले कुखुरा ल्याका रै'छन् । उसलाई भोक लाग्न थालिहाल्यो ।
"आमा, अलिक छिटो बनाउनु है ।", उसले भन्यो । आमाले खाना खान सबैलाई बोलाउनुभो । उ हतार-हतार गर्दै गयो । उसले खाना खाँदै थियो । दिउसोँको कुरा उसका अगाडी झिमिक्क-झिमिक्क आउन थाल्यो । उसले आमालाई सोध्यो, "आमा , दिउँसो हजुर किन कुवाको छेउमा लाईन नबसेर पर एक्लो भएर बस्नु भएको ?"
"कतिखेर बाबु ? तैले देखिस् ? किन पछीपछी आको ?" आमाले उल्टै धेरै प्रश्नले उसलाई घेर्नुभो ।
"आमा सुरुमा मैले सोधेको । भन्नु न के ? आमा , भन्नु न ?", उसले जिद्दी गर्यो ।
"हेर, बाबु यो समाजले हामीलाई दलित भनेर हेप्छ । हामीलाई उनिहरुसँग आफ्नो वराबर मान्दैनन् । यो समाजले गर्दा हामी धेरै पछी परेका हौँ । हामिलाई न मन्दिर नै छिर्न दिन्छन् , न त पानी नै राम्ररी खान दिन्छन् । थर चै हाम्रो विस्वकर्मा भएर के गर्नु ? विस्वकर्मा भग्वानलाई पुजा गर्छ यो समाज तर जिउदोँ विस्वकर्मालाई हेर्दा पनि हेर्दैन ।" आमाले आँशु पुछ्दै भन्नुभयो |
"किन बोलेकी? चुप लागेर बस् । जा गएर सुत । हल्ला नगर फाल्टु कुराको बढी । अनि तँ पनि के के सोधेको चुप लागेर हेर . चुप लागेर हामी जे गर्छौँ तँ पनि तेही नै गर । अब देखी केई देखिस् भने नसोध।", गहभरी आँशु पारेर उसका बाले अड्किदै भने ।
उसका सारा सपना सबै उसका अगाडी आएर झिमिक्क हुन थाल्यो । बर्खरै बालेको मैन बत्ती झिम्मिक कसैले निभाएको जस्तो आभष भो उसलाई । उसको सबै रहरहरु पनि एकाएक बिलाउँदै गयो । उसले सिर्जना गरेको सपना र रहरहरु झिम्मिक्क बत्ती आएर गए जस्तो भयो । कोठामा आध्याँरो छायो र उसको भविष्यमा पनि । उ बिस्तारै खाटमा पल्टियो र गुन्गुनायो :
झिमिक्क आँखा नझिम्काउन्दै समयले कोल्टे फेर्यो
मेरो सोच र ति चाहना खै किन आज मर्दै गयो !!
अधुरा नै भए ति रहरहरु सपनाको सहरहरु
खै , आज कता गयो ? खै , आज कता गयो ?

-Agniprabha
Comments
Post a Comment