धृतराष्ट्र : एक समिक्षा
धृतराष्ट्र पौराणिक कृति महाभारतको पात्र जो कौरवका पिता थिए । जन्मजात दृष्टिविहीन रहेकै कारणले उनलाई हस्तिनापुर राज्य संचालन गर्न दिईएन । उक्त राज्य उनका भाई पाण्डु जो पाँच पाण्डवका पिता थिए उनलाई सुम्पियो । धृतराष्ट्र जेष्ठ सुपुत्र थिए र उनको त्यो अधिकार एक अपाड़्ग भएको कारणले गर्दा खोसियो । उनको मनमा अरू प्रति विष पलायो र अपमानको बदला लिने भाव जाग्यो । एक कुशल व्यक्तिलाई यदि अपाड़्गता भएकै कारणले नेतृत्व लिने कुराबाट बञ्चित गराईन्छ भने त्यो व्यक्ति अपमान र अवहेलनाले घेरिएको महसुस गर्छ ।
घृतराष्ट्र खण्डकाव्यलाई सात वटा खण्डमा बिभाजन गरेर घनश्याम कँडेलले धृतराष्ट्रको पक्षबाट वकालत गरेका छन् जुन प्रस्टै देख्न सकिन्छ । यो खण्डकाव्य हेर्दा सानो लाग्न सक्छ र पढ्दा थोरै लाग्न सक्छ तर यस खण्डकाव्यले विश्वभरिका अपाड़्गता भएका व्यक्तिको पक्षबाट वकालत गर्दछ । अपाड़्गता भएका मानिसप्रति सबलाड़्ग मानिसहरूको दृष्टिकोण र व्यवहार कस्तो छ भन्ने चित्रण गर्दछ ।
घृतराष्ट्रको जीवनलाई सात खण्डमा बिभाजन गरेर प्रस्तुत गरिएको यस कृतिमा समाजले बिभिन्न लाल्छना लाएर एक अपाड़्ग व्यक्तिको क्षमतालाई दबाएर नेतृत्व लिने भुमिका बाट बन्चित गरेको छ भन्ने चित्रण गरिएको छ ।
प्रथम खन्ड: अधत्व चेत
ठान्थेँ म अरुजस्तै छु बालो छुनुमुने हुँदा
भएन भान नै केहि ममा कस्तो छ भिन्नता । ( अधत्व चेत : श्लोक तीन )
आफु दृष्टिहिन भएको थाह नभएसम्म , उनलाई सन्सार रमाइलो लाग्छ । उनलाई आफु पनि अरु जस्तै छु भन्ने ज्ञान हुन्छ । अरु र आफु बिच केहि पनि भिन्नता छैन जस्तो लाग्छ उनलाई । दरबारमा हुर्किएकाले उनलाई केहि कुराको अभाव भएन , मागेको कुरा पुरा हुन्थ्यो ।
न देख्छु दिन हाँसेको , रोएको न त रात नै
न देख्छु विरही सन्ध्या, न प्रफुल्ल प्रभात नै । ( अधत्व चेत : श्लोक ९ )
जब उनलाई थाह भयो कि उनि जन्मजात नै दृष्टिहिन हुन भनेर उनलाई सन्सार कस्तो छ होला भन्ने कुरा जान्न मन लाग्छ । उनलाई दिन र रात एउटै लाग्छ । जुन र ताराहरु कस्ता हुन्छन र धर्तीमा वस्तुहरु कस्ता हुन्छ्न उनलाई थाह छैन । उनलाई न त रङ नै छुट्ट्याउन आँउछ न त कुनै आकृती नै , उनको नजरमा सबै कुरा एउटै छ , कालो । फुलले यस सृष्टिमा सौन्दर्य थपेको कुरा , बेगले बगेको नदी , खडा पहाडहरु जस्ता कुराहरु उनि कल्पना गर्न थाले ।
थालेँ एकान्तमा एक्लाई म स्वयम् पनि घोत्लिन्
दृष्टिहिन म जन्मेछु धर्तीमा यसरी किन ? ( अधत्व चेत : श्लोक २१ )
जब उनले थाह पाउन थाल्छन् सन्सारको रुप र रङको बारे , उनको मनमा उत्सुक्ता जाग्छ । उनले आफैलाई प्रश्नहरु गर्छन् उनको यो अवस्था किन भयो भनेर । उनले धेरैलाई यो प्रश्न सोध्छन तर कसैको उत्तरबाट सन्तुष्ट हुँदैनन् । कसैले गर्भमा नै भएको भने, कसैले भाग्यले गर्दा भने , कसैले बिधाताको खेल हो भने । उनलाई सत्य लुकेजस्तो लाग्छ सबैको बिचारमा ।
भनेँ, हुँ भोग्न आएको,म भोग्छु जे परे पनि
जिन्दगीबाट भागेर जान्नँ म कतै पनि । ( अधत्व चेत : श्लोक ४६ )
...............................................................................................................................................................
द्वितिय खण्डको केहि दिन प्रतिक्षा गर्नुहोस् ।

Comments
Post a Comment