ठुलो घर

अनामनगरको गल्लीबाट निस्किए पछी ठुलो गेट देखिन्छ । त्यो गेट भित्र ठुलो घर छ ।

सेतो रङले पोतिएको घर । रातो रङको माथी सेतो रङ लाएर पोतिएको घर । 

त्यो घरको भित्ताहरु नरम छन्  लाग्छ मानिसहरुको मांसपेशीले बनिएको जस्तो । त्यो भित्ताहरु यती नरम छन् कि बाहिर बाट जस्ले पनि चोट पुर्याउन सक्छ ।

घरको जग भने बलियो देखिन्छ । मानिसको हड्डिहरुले जग बसाएको जस्तो । तर हड्डी खिएर जग नै जान्छ जस्तो छ ।

घरको झ्यालहरु सबै बन्द छन्, त्यो घरमा बस्नेलाई वरिपरी के हुँदै छ केहि थाह हुन्न ।

त्यो घरमा सबै तिर आवाज छिर्न नदिने खै के जडान गरिएको छ , त्याँ भित्र वरिपरिको अवाज पनि छिर्न सक्दैन ।

तर कस्तो अचम्म त्यो घरले वरिपरीको नभएर बाहिरको आवाज चैँ सुन्न सक्छ, बाहिरको चैँ देख्छ ।

वरिपरिकाले घरको हातहरु देख्न सक्दैनन् , थोरै समस्या आयो भने त्यो घरले केहि गर्न सक्दैन । घरको खुट्टाहरु पनि देख्दैनन्, न घरकै कुनै अंशनै नै सरेर वरिपरीको वातावरणलाई ठीक पार्न सक्छ ।

बिचित्र के छ भने , त्यो घरले सहयोग नमागे पनि आफ्नो हात सार्दै बाहिरको लाई मद्दत गर्छ । अंश मात्र हैन पुरै घर पनि सर्न सक्छ , बाहिर मद्दत गर्न ।  

त्यो घरको बुइँगलमा सानो टेबुल छ । टेबुलमा सुकरातका केहि किताबहरु छरपस्ट छन् । नेपालको झण्डाको छेउमा खरानी दानि पनि छ । कुर्सिमा कपाल नफुलेको एक बुडो ब्यक्ति विराजमान छ । म फेरी भन्दै छु , एक बुडो कपाल नफुलेको ब्यक्ति ।

के सोच्न थाल्नु भो फेरी , बर्खर त सुरु हुँदै छ , बुडो भएपछी कपाल कसरी फुलेने भनेर हो ? हाहाहाहा !!!

सुन्दै जानुस् न थाह पाईहाल्नु हुन्छ नि ।

दराजबाट लुगाहरु झरेको छ । खै , कती दिन भयो त्यो लुगा त्यही रहेको । सायद धेरै बर्ष नै भयो होला । ब्यक्तिले खै  कोर्दै छ ।
साना पानाहरु कोठाहरुमा यत्र तत्र छरिएको छ । कोठाको भित्तामा रातो रङको टाटाहरु स्पष्टरुपमा देखिएका छन् ।

घरको हरेक ढोकामा १९०३,२००४,२००७,२०१५,२०१९,२०४७,२०६३ र २०७२ अंकित गरिएको छ ।
फेरी सोच्न थाल्नु भो , पख्नुस् न हतार नगर्नुस् । सुन्दै गर्नुस् ।

हरेक पानामा केहि लेख्न खोज्दै छ , तर हावाले उसलाई केहि लेख्न दिएको छैन ।






Comments

Popular posts from this blog

समय

भोटको कसरत कि विकाश्को ?

Road To Anarchism