सानु

भाग १


"आहा!! आज आईतबार , आज त उसलाई भेट्ने दिन हो ।",एकाबिहानै उठ्ने बित्तिकै दिमागमा यही कुरा आयो ।

केहि दिन अघी

हामिले एकअर्का सँग कुरा गरेको चार दिन भएको थियो । चार-पाँच दिन कुरा गर्दैमा म कसैलाई भेट्ने मान्छे हैन । कम्तिमा पनि म मान्छेलाई बुझेर मात्र भेट्छु , उसको बानिहरु बुझेर भेट्छु ।

हाम्रो भेट पनि अचम्म तरिकाले भएको थियो । इन्स्टाग्राममा उनले फलो गरेकी थियिन । मैले पनि सहजै रुपमा फलो गरे । मैले हालेको हरेक पोस्टमा उनको लाईक आउन थाल्यो । मैले पनि प्रतिउत्तरमा उनको प्रोफाइल खोलेर सबै पोस्टमा लाईक हान्दै गए । अकास्मात् उनको एउटा फोटो देखेँ जुन मैले आज सम्म कसैको त्यस्तो देखेको थिईन । सार्है मनपर्‍यो उनको त्यो तस्बिर मलाई । त्यो तस्बिरले नै मेरो मन उनि प्रती बढी आकर्षित भयो ।

निलो रङको गुन्यु र रातो रङको फरियामा सजिएकी उनको तस्बिरलाई उनको मुस्कानले अझ बढो सुशोभित बनाएको थियो ।  सायद त्यही मुस्कान हुनुपर्छ जसले मलाई उनि प्रती बढी आकर्षित बनाएको छ ।

उनले एउटा सन्देश पठाईन इन्स्टाग्राममा । म अचम्ममा परे । त्यसरि कसैले आज सम्म सन्देश नै पठाएको थिएन मलाई । मैले उनको सन्देशको उत्तर पठाए । हाम्रो गफ गाफ हुँदै गयो । निकै नै छोटो समयमा उनले मलाई आफ्नो बारेमा सबै कुरा भनिन् । मैले उनलाई फेसबुकमा साथी हुने कुरा राखेँ । उनले त्यो कुरा सहजै रुपमा स्विकार गरिन् ।

बिस्तारै बिस्तारै हाम्रो कुरा हुँदै गयो । उनले आफ्नो कुरा राख्थिन् म आफ्नो कुरा राख्थिए । बिस्तारै बिस्तारै हामी एक अर्का प्रती आकर्षित हुँदै थियौँ ।

मैले आफै उनलाई भेट्ने प्रस्ताव राखेँ । उनले हुन्छ भनिन् र आईतबार भेट्म भनेर भनिन ।
हामिले फोन नम्बर पनि साटिसकेका थियौँ । उनले मलाई शुक्रबार दिउसोँ उनि बनस्थली जाने कुरा गरेकी थिईन । बेलुकीपख , पुतलिसडकमा थिए म ।

मैले उनलाई फोन गरे । पहिलो पल्ट मैले उनको आवज सुने । मुटुको धड्कन यसरि कुद्दै थियो कि मानौँ भोको सिंहबाट एउटा जरायो फुत्केर भाग्दैछ । तर यहाँ सिंहको जालमा जरायो पहिले नै फसिसकेको थियो । 

उनले आफु पुरानो बसपार्कमा भएको कुरा बताईन । उनलाई भेट्न म फन पारक तिर लम्के । उनको र मेरो पहिलो भेट थियो त्यो ।

उनि सँग कुरा गर्न नै सकिन । सबै कुराहरु दिमाग बाट उडे । सबै गफहरु हराए । केवल छायो त सन्नाटा । उनि सँग बिस्तारै गफ गर्दै उनलाई सुन्धारा सम्म पुगे । उनि आफ्नो घर तिर लागिन् र म टेम्पो चढेर मन मनै हाँसेर अनामनगर ओर्ले ।

आईतबार मैले कुर्नु परेन । हाम्रो भेट भैसक्या थियो । अब आईतबार भेट नभएर डेट हुन पुगो ।

Comments

Popular posts from this blog

समय

भोटको कसरत कि विकाश्को ?

Road To Anarchism