रङिन डायरी
भाग १
अनामनगर बाट पुतलिसडक जादै थिए । मोबाईलमा घन्टी बज्यो । अपरिचित नम्बर बाट कल आएको थियो । मैले फर्काइन । मलाई कैले पनि अपरिचित नम्बरबाट कल आयो भने फर्काउने बानी छैन । अलिकती अगाडी मात्र के पुगेको थिए फेरी त्यही नम्बर बाट कल आयो ।
"हेल्लो", मैले भने ।
"हजुर मनोपरामर्श दिनु
हुन्छ हैन?",
उता बाट मसिनो आवज आयो ।
"हजुर हो त ।",
मैले जवाफ फर्काए ।
"बेलुकी ७ बजे हिमालयन
जाभा !!!........ " फोन काटियो ।
म अलमल्ल भए । "जानु ? कि नजानु ?" आफैले मनमनै प्रश्न गरे । काम पनि केहि थिएन मेरो । अब
गएपनी , नगएपनी केहि आपत परेको
थिएन । आज सम्म कसैले त्यसरी बोलाएको पनि थिएन ।
आफैलाई अचम्म भयो । मनमा उत्सुक्ता जागो । उनि को थिईन भनेर ? उस्लाई मेरो प्राइभेट नम्बर कसले दियो भनेर ? मनमा धेरै प्रश्न लिएर म ६ बजे नै पुगे ,
बसन्तपुर ।
बसन्तपुर जहाँ जोडीहरु घुम्न आँउछन्, जहाँ बिदेशी पर्यटक पनि घुम्न आँउछन् । सबै जोडिको प्यारो ठाँउ
हो , बसन्तपुर । एक जोडी
जिस्किदै थिए । अर्को जोडी एक अर्कालाई हेरेर आँखा जुधाइ रहेका थिए । अर्को जोडी
आए हल्ला गर्दै जिस्किदै एक अर्कालाई अंकमाल गर्दै ।
घाम डुब्दै थियो । राता-पहेँला किरणहर बिस्तारै हराउदै थिए । ताराहरु लाग्दै
थिए । साँझ झमक्क पर्न लागेको थियो । म क्याफे भित्र
तिर छिरे । एउटा झ्याल छेउको टेबुलामा गएर बसे । एउटा चुरोट मगाए ।
कफीको बास्ना चारै तिर फैलिएको थियो । बाहिर तिर रमाईरहेका जोडिहरुलाई हेरे ।
कसैको डर बिना एक जोडी अंकमाल गरेर ओठ चुमिरहेका थिए । सबै दृश्य लोभ्लाग्दो थियो
। आँखामा छाहिरह्यो त्यो दृश्य पछी सम्म ।
अक्समात् मेरो छेउमा एउटा अर्कै आवज गुन्ज्यो,"ठ्यान्क्स्!! फोर कमिङ मिस्टर ।" मैले फर्केर हेरे । सारा ब्रम्हान्ड देखेँझै लाग्यो एकछिन मलाई । लाग्यो कि आज
मलाई ब्रम्हान्डले उपहार दिदैँ छ । सेतो सारिमा निलो रङको ब्ला्उजमा आएकी उस्लाई
हेरे ।
"सरी!! आई एम लेट । अलिक
जाम भएर ढिला भयो हेर्नुस न । टाईम मा आईपुग्थे आज ट्राफिक जाम अलिक बढी भयो
।",नम्र स्वरमा उसले भनि ।
जाम त्यहाँ कहाँ भएको थियो र ? जाम त यहाँ भयो ।
मेरो मनमा । घडीको काँटा हल्लिन छाड्यो । हावा पनि रोकियो । मुटुको धड्कन मैले
सुन्न थाले । सबै कुराहरु रोकिए । एकदम
वातवरण सुन्य भयो । सबै आवज रोकियो मात्र मुटु चलिरह्यो ।
"हेल्लो मिस्टर!! कता हाराउनु भयो ? ", उसले अलिक तिखो स्वोरमा भनि ।
"तिमीमा हराए ।", मनमनै भने ।
"कतै हैन!! ", मैले जवाफ फर्काए ।
उसले ब्याग्बाट एउटा रङिन डायरी निकालेर टेबुलमा राखी ।
"आज अलिक घर छिटो पुग्नुपर्ने छ । सबै कुरा यसमा मैले खोलेकी छु ।”, उसले अलिक गर्हो मानेर भनी । "म हिँडे है अब ।”, उ ढोका तिर लम्की ।
"अरे!!! नाम त भन आफ्नो ?",मैले अलिक
झोक्किएर भने ।
"अवन्तिका, अवन्तिका पन्त
।"
म सरासर चुरोटको पैसा तिरेर त्यहाँबाट हिँडे । बाटामा धेरै कुराहरु सम्झन लागे
। मैले त्यो नामको बारे धेरै सोचे । कोठा पुग्ने बित्तिकै मैले मेरो पुरानो डायरी
पल्टाए र सबैको नाम र नम्बर हेर्न थाले ।
"अवन्तिका पन्त " मैले भेटे । २०६९-२०७१ भि. एस. निकेतन ।
म छक्क परे । मैले आज सम्म अवन्तिकालाई त्यसरि हेरेको थिईन । सधैँ दुई
चुल्ठिमा देखिरहने उसलाई आज सारिमा देख्दा नचिन्ने म कस्तो वेबकुफ । हुन त उसलाई
नदेखेको पनि २ बर्ष भएको थियो । त्यही भएर होला मैले ठम्याउन नसेकेको ।
उसलाई मैले लगत्तै मेसेज गरे । "सरि,मैले तिमीलाई चिन्न सकिन , अवन्तु ।"
"तिमीले कहिले नै मलाई चिन्न खोज्या थियौ र ?" , उताबाट जवाफ आयो ।
मैले जवाफ फर्काउन सकिन । एउटा चुरोट सल्काए र उसले दिएको रङिन डायरी खोलेर पढ्न
थाले ।
Comments
Post a Comment