त्यो रातो संसार

"बाबा !! मलाई त्यो रातो रङको सर्ट किनिदिनु ",एकाएक त्यो सर्ट देख्ने बितिक्कै मैले भनिहाले

"तलाई किनिदिन्छु !! अस्ती दुई दिन अघी किनेको हैन त्यस्तै रातो रङको तलाई फेरी किन चाहियो ?  ",बाबाले झर्किदै भन्नुभयो

"नाई-नाई !!! मलाई चाहियो ,चाहियो" ,बाटोमा थचक्क बसेर मैले रोई-कराइ गरे बाबाले मन नलागी नलागी किनिदिनु भयो

", यो समेत गरेर तँ सँग अब १२ वटा रातो सर्ट भयो ",बाबाले रिसाँउदै भन्नु भयो

रातो रङ भन्ने बितिक्कै मलाई जे पनि मनपर्थ्यो । रातो सर्ट , रातो रङको आलु घडी , रातो रङको गुडिया , सबै रातो रङको मात्र सामान थियो म सँग ।

उमेर बढे सँगै शरिर फेरियो , रहरहरु फेरिए , सपनाहरु फेरिए, साथीहरु फेरिए तर रातो रङ सँगको लगाव अहँ फेरिएन  फेर्दै फेरिएन  । हरेक पल्ट रातो रङको सामान किनियो । ल्यापटप , माउस ,किबोर्ड ,सबै रातो किनियो । बरु सेतो किनेर रातो रङ हालियो ।

अब प्लस का लागी काठमाडौं आईयो सबै रातो रङको मात्र सामान ल्याए । कलेज मा भर्ना भैइयो । करिब एक महिना पछी हामिलाई स्वागत गर्ने कार्यक्रम भयो । गहु गोरो बर्णमा कम्मर तल रातो साडी ,कम्मर माथी रातो चोलो , रातो रङको चप्पल र कपाल पनि रातो रङको चुल्ठोले बाँधेर उ आउँदै थिई ।

रातो रङ मलाई सार्है मनपर्ने , अझ उसको सबै रातो पहिरण दिन नै रातो भयो मेरा लागी रात पनि राता भए अब संसारनै रातो लाग्न थाल्यो मलाई । एक रातो संसारमा म हराए । बाटाहरु सबै रातै भए, रुख बिरुवा सबै राता ,घाम पनी रातो , पानी पनि रातो, सबै रातो ।

कलेज लागेकै दिन म उ सँग भेट्न गए । मैले उसको त्यो दिनको पहिरणको प्रसंसा गरेर भने,"यु वेर लूकिङ बिउटिफूल ईन रेड ।"

उसले अलिक रिसाउँदै भनि ,"आई हेट फ्लटिङ ।"


"मैले फ्लर्ट गरेको हैन नि । साँच्चै , आई वाज मेस्मराईज्द बाई योर बिउटी ।" , मैले अलिक गम्भिर भएर भने । 

उ हाँस्दै पछाडी फर्केर हेर्दै गयी ।


मैले सुनेको थिए "हसिँ तोह फसी भनेर ।" म त फुरुङै अनि मन मा अलिकती आश पलायो । मनले भन्यो,"नछाड केटा यसलाई!!" 

मैले मेरो सेक्सन चेन्ज गरेर उसकै सेक्सनमा गए । फिजिकल पढ्न आँटेको म उसको लागी बायोलोजी पढ्न गए । 


…………………………………… क्रमश: ……………………………….

Comments

Popular posts from this blog

समय

भोटको कसरत कि विकाश्को ?

Road To Anarchism