नटुंगीने यात्रा
भाग - १
केशरबारी
घाम अस्ताउँदै छ । आकाश रातो-पहेलो हुँदै छ । चराहरु आफ्ना बासस्थान तर्फ फर्कदै छन । गाईबस्तु पनि गोठ तिर जाँदै छन । सधैँ झैँ आज पनि बाटामा चुरोट खाँदै रमेश सिर हिड्दैँ छन । बिगतका दिनहरु समझ्दैँ उनि मनमनै हराउँछन । क्यान्सरले पीडित उनले चुरोट खाएको ४० बर्ष भयो । २० बर्ष देखी चुरोट खान सुरु गरेका उनि माध्यमिक तह सम्म केशरबारी विध्यालयमा पढ्आउँछन । ६० बर्ष पुगेका उनको एक छोरा र दुई छोरी छन् । छोरीहरुको त उनले विवाह गरे तर छोरो भने अझै पढ्दैछ , डिग्री । घरमा आमासँग बस््ने उनको पिताजिको उनि सानै हुँदा देहावसन भएको हो । बिहे पनि उनले १५ बर्षको उमेरमा नै गरे ।
आज उनले जागिर बाट अवकाश प्राप्त गरे तर मन चै उनको अझैँ जागिर खोज्न तिरै छ । पेन्सन त उनले पाउने नै हूँन तर उनलाई बेकामे भएर बस्न भने मन छैन । सानै बाट जाँगरिलो उनि बिहान बेलुका वस्तु चराउँथे भने दिउसो विध्यालय जान्थे । दुई दाजु र एक भाई छन् उनका तर सबै नेपालाँ छन् । उनि चैँ गाँउमा नै बस्न रुचाउँछन । भाइ भने सवारी चालक छ । जेठा दाजु वखिल छन् र माईला दाई भने सानो पसल थापेर बसेका छन् । सबैलाई माया गर्छन् उनी । सबैको लोकप्रिय गुरुबा थिए । विद्यार्थीहरु पछी गएर म हजुर जस्तै हुन्छु ल सर भन्ने गर्थे । सामाजिक कार्यमा पनि उनको रुची छ । गाउँमा बनबिरुवा संरक्षण गर्नुपर्छ, पानीको मुहान सफा राख्नु पर्छ दिसा पिसाब गर्दा चर्पिमा गर्नु पर्छ भन्ने उनले गाउँमा भन्छन् । उनको बिचारलाई मान्छेहरुले आत्मसाथ गरेर हप्ता मा दुई दिन सफा गर्ने र बोटबिरुवा रोप्ने गर्छन् । समाजमा उनको एउटा छुट्टै पहिचान छ ।
हुन त दाजुले उनलाई नेपाल नबोलाएको पनि होईन तर उनलाई गाउँ नै प्यारो लाग्छ । अब त उनको जागिर पनि सकियो । उनि अब क गर्ने भनेर सोच्दै अघी गैरहेका थिए एक्कासी ठेस लागो उनलाई र उनी मुसुमुसु हाँस्दै घर तिर हिँड्छन् । पत्नि,आमा र छोरासँग भलाकुसारी पनि गरे । उनि दुई चार दिनका लागी नेपाल जाने र फर्किने कुरा गरे र सबैले माने । उनी नेपाल जाने दिन घरमा एक्छिन रुवाबासी चल्यो । कहिले कतै नहिडेँका उनि एक्कासी नेपाल जान आँत्दा आँशु खसिहाल्छ नि । जीवनको तराजुमा एक पलामा सुख र अर्कोमा दुख हुन्छ,तर यो तराजु कैले स्थिर हुँदैन,घरी एकातिर पल्टिन्छ त घरी अर्कातिर ।
गाडी चढेर उनी हाथ हल्लाउँदै लाग्छन । गाडी देखिन्जेलसम्म श्रीमती र आमाले बाटा हेरी रहन्छन् । गाडी आँखा बाट बिलाए पछी फेरी आफ्नो काम गर्न थाल्छन ।

Comments
Post a Comment