समय
समय परिवर्तन्शील छ । घडीको सुई घुमेजस्तै जीवन पनि घुमिरहन्छ । तर घडीको सुई एउटा दिशा तिर बाट मात्र घुम्छ तर हाम्रो जीवन जतातिर पनि मोडिन सक्छ । जीवन र घडीलाई हेर्दा एउटा मात्र कुरा मिल्छ त्यो हो जसरि घडी घुमेर पहिलेकै ठाँउमा पुग्छ हाम्रो जीवन पनि एकदिन अन्तिम अवस्थामा घुमेर तिनै पुग्छ जहाँ बाट सुरुभएको थियो, नांगो हुँदै । जीन्दगी रथको पाङ्रा जस्तै हो घुमिरहने । रथ तब सम्म कुद्छ जब पाङ्रा कुद्छ र पाङ्रा समय सँगै खिईदै जान्छ र रथ कुद्न छाड्छ । हाम्रो जीवन पनि थ्याक्कै रथको पाङ्रा जस्तै हो, एकदिन कुद्न छाड्छ र हामी बिलिन हुन्छौ ।
समयलाई हामिले लाखौँ कोसिश गरेपनी जित्न र समयलाई छल्न सक्दैनौँ । जसले छलकपट गरेर समयलाई जितेर अघी जान्छ तेस्लाई समय आफैँले पछी पार्छ । तर यो हैन कि हामी समय भन्दा सधै पछी हुन्छौँ , समय सँग हामी चल्न पनि सक्छौ । समय आनुसार हामी परिवर्तन पनि गर्न सक्छौ । समयले हामिलाई मार्ग देखाउँछ । समयको साथी भएर हिंड्न सक्नेहरुले आज धेरै कुरा गरिसकेका छन । बखान गरेर साध्य छैन मैले जो जो समय सँग हिँडेर शिखरमा पुग्न सफल भएका छन् । ठुलाठुला व्यक्तित्वहरुले समयको महत्व हामिलाई परापुर्वकाल देखिनै सिकाउँदै आउनुभा'छ ।
समय सँगै चल्न हामिले सिक्नुपर्छ । जीवनमा धेरै समय यस्ता आउँछन जुन हामिले पाएर पनि पछी पाउँन सक्दैनौ तेसैले समयको सदुप योग गर्दै समय सँगै चलेर रमाउँन पनि जान्नुपर्छ । समय बिते सँगै हामी पनि बिस्तारै समयको अन्त्यत तिर जान्छौँ तर हामिले रोएर हैन हाँसेर त्यो समय बिताउनु पर्छ किनकी हामिले धेरै कुरा हरु देखिसकेका र भोगिसकेका हुन्छौ ।
sahi ho
ReplyDeleteThank-you Bro
Delete