भोटको कसरत कि विकाश्को ?

सरकारले मिठा मिठा कुरा गरेर जनतालाई भुलाएको यस्पल्ट मात्र होईन । पहिले पनि धेरैको सरकार हेरियो । सबैले अहिलेको सरकारको जस्तै मिठा मिठा कुरा गरे  तर कुरा मात्र मिठा काम भने सबै तिता । हो , नेपाल मा धेरै कुराको सम्भव छ । जलबिधुत देखी लिएर जहाँज चन्द्रमामा पनि पुर्याउने कुरा सम्भव छ । तर कस्तो बिडम्ब्ना यहाँ सबै कुरामा राजनीति त घुसाउनै पर्‍यो । अब एमालेको सरकार छ,भनेपछी सबै तिर एमालेकै मान्छेहरु हाल्नु पर्‍यो । न त्यो मान्छेको कुनै क्षमता हेरिन्छ न त कुनै अनुभव पत्र नै , मात्र हेरिन्छ सदस्यताको प्रमाण ।

बोल्ने बेला त जस्ले पनि बोल्छ नि,  गर्ने बेला सबै बिरामी भएको नाटक गर्छन् , एउटाले अर्कोलाई गर्न दिदैन भनेर दोष दिदै बस्छन् । गर्ने नै हो भने , आजै देखी गर्न सुरु गर्ने हो । अब २ बर्ष भित्र गर्ने हो भनेर बस्ने मात्र होईन, तेही दिन देखी गरेर देखाउने हो भने चै बिश्वास हुन्छ ।

तुईन हटाउने भनेको कती भयो ? कातिवटा तुईन हट्यो ? कताकता को तुईन हट्यो ? प्रोजेक्टको बिवरण कता छ ? प्रोजेक्ट कस्ले गर्दै छ ?  यो सबैको प्रश्नको उत्तर चै नदिने मात्र यो गरिन्छ त्यो गरिन्छ भनेर बस्ने हो । हो,थाहा छ हामिलाई बच्चा जन्मिन नौ महिना लाग्छ । तर बच्चा तेतिकै बसेर जन्मिन्छ भन्या र ? बच्चा जन्मआउन केई तह गर्नु पर्छ नि ? कि गफ गरेर बच्चा जन्मिन्छ ? केई तयारी छैन , केई कुराको बिवरण थाछैन , तेतिकै मिठा-मिठा  गफ गरेर भोट कुम्ल्याउन खोज्ने ?

माफ गर्नुहोला तर सरकारले सपना मात्र देखाउने होईन , काम गरेर पनि देखाउने हो ।

Comments

Popular posts from this blog

समय

Road To Anarchism