सिमसिम पानी
साँझ झमक्क पर्न लागेको थियो । त्यत्तिकैमा
पानी पनि बर्षन थाल्यो । जेठको महिना मनसून सुरु हुँदै गरेको बेला पानी चाँही
जुम्रे पर्दै थियो, सिमसिम पानी । करिव
एक महिना देखी थला परेका आदित्य आज गम्भिर मुद्रामा छन् । हुन त सधैँनै गम्भिर
हुने उनी आज अलिक भिन्न खाले व्यवहार गर्दै छन् । एकाएक उनको सास बध्न थाल्यो ।
कान्छा छिटो गएर बैध्य बा लाई डाँक भनेर मलिनो स्वरमा पुण्यमायाले कान्छो छोरो
हरिप्रसादलाई भनिन् ।
खोक्तै आदित्यले भने,"हेर त पुने तलाई सुरुमा
भेटेको बेला यस्तै मौसम थियो । छाडेर जाने दिन पनि उस्तै छ ।"
"नबोल्नु न के !!! यस्तो गार्हो बेलाँ बोल्नु हुँदैन सार्हो पार्छ फेरी
बिरामले ।", पुण्यमायाले आशु
पुछ्दै भनिन् ।
अब पनि नबोले त सँग कैले बोल्नु म । अब आजको रात त अन्तिम रात हो मेरो । तलाई हेर्न मन लागिराछ,अलिक छेउमा आएर बस्न किन कुनामा बसेकी । अब अन्तिम बेलाँ पनि आइनस् भने कैले आउँछेस् ।", टिल पिल आँशु पार्दै आदित्यले बोलाए ।
"चुप लाग्नु तपाईं !!! खाली नराम्रो कुरा गर्नु हुन्छ । केई हुँदैन तपाईंलाई अझै तपाईंले मलाई पश्चिम घुमाउन बाँकी नै छ । कता जाने कुरा गरेको हो ? ऐले बैध्य बाले ठीक परिहाल्छन् नि ।", सिरानी तिर सर्दै पुण्यमायाले भनिन् ।

Comments
Post a Comment