लोडसेडिङ
लोडसेडिङ
"आमा ! आमा !! बत्ती जान आटिसक्यो हजुरले पानी बसाल्नु भयो ?",मैले सोधे । आमाले हतार-हतार एक भाडो पानी बसाल्नु भयो । पानी बर्खरै के बसाल्नु भाथ्यो बत्ती झ्यापै गयो ।"नानी अब कसरी नुहाउछस ?",उहाले सोध्नुभयो । "हाहा ! आमा ,यतिका दिन नुहाकै छैन ,आज एक दिन किन नुहाउनु ।",मैले हास्दै उत्तर दिए ।" त सार्है भएछस बाबु ।पहिले सानामा त आफै उठ्थिस्,नुहाउथिस र हाम्लाई चिया खुवाउथिस ।ऐले हेर सबै बानी कता हरायो ?", आमाले भन्नुभयो ।
साचै मेरा सबै बानी हराए । खै कता हराए ? ठुलो हुँदै गएपछी सबै बानिहरु हाराउदा रैछन । दिन दिनै लोडसेडिङ बढे जसरि नै सबै मेरा बानिहरुमा पनि लोडसेडिङ नै लाग्यो । को अन्त्य त हुन असम्भव छ तर बानिहरु फेरी लगाउन सकिन्छ । भनिन्छ राम्रो मान्छे होईन असल मान्छे बन्नुपर्छ ।असल मान्छे बन्न राम्रा बानिको थालनी गर्नुपर्छ । हाम्रो बानिमा लोडसेडिङ लगाउनु हुन्न ।
आजै देखी र अहिले देखिनै राम्रा बानिको थालनी गरेर हाम्रो लोडसेडिङ ग्रशित बानिहरु हटाउनु पर्छ ।
आजै देखी र अहिले देखिनै राम्रा बानिको थालनी गरेर हाम्रो लोडसेडिङ ग्रशित बानिहरु हटाउनु पर्छ ।
Comments
Post a Comment