फर्केर हेर्दा २०७२
![]() |
| Barpak |
![]() |
| Bhaktapur |
संबिधान जारी हुनु भन्दा अघी मधेश - थारु आन्दोलन चर््कियो । भदौ ७ गते कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी सहित ७ प्रहरी र बालक को मृत्यु भयो ।
भूकम्पले किचिएको हाम्रो देशलाई संबिधानले असोज ३ गते ठुलो खुशी दियो । संबिधानको स्वागत धेरै ठाँउमा भयो ।
मधेश केन्द्रीत दलहरुले यसको स्वागत गरेनन् , त्यो दिन लाई कालो दिन घोषणा गरी संबिधान बहिस्कार गर्यो । सबै देश बिदेशबाट बधाई दिईयो तर भारतले स्वागत गरेन ।
मधेश केन्द्रीत दलहरुले बिरगंज नाकामा आन्दोलन गरे । मितेरी पुलमा २४ घण्टा धर्ना भयो । यसले गर्दा अर्थतन्त्रमा नराम्रो असर पुगो ।

भारतले त्यसपछी अघोशित नाकबन्दी गर्यो , मिती थियो असोज ५ । १३५ दिन सम्म चलेको नाकबन्दिले नेपाल लाई अस्त व्यस्त बनायो ।
इन्धन को समस्या नै प्रमुख हुन पुग्यो जसले गर्दा नेपाली बजार आकाशियो । कालो बजारीले बजार नै सखाप पार्यो ।
संबिधान जारी भएपछि असोज २४ गते, नेपालले नयाँ प्र.म पायो, खड्ग प्रसाद ओलि । भारतसँग लामो कुटनितिक पहलपछी नाकाबन्दी अन्त्य त भयो तर मधेश केन्द्रीत दलसँग अझै बर्ता सफल हुन सकेको छैन । ४० मन्त्री र ६ उप.प्र.म बनएका ओलिको आलोचना भयो ।
एमाओवादिको ओनसरि घर्ती पहिलो महिला सभामुख हुन पुगिन र पहिलो महिला राष्ट्रपती हुन पुगिन एमालेको बिद्यादेवी भन्डारी । त्यसरि नै पहिलो महिला प्रधान-न्यायधिस हुन पुगिन सुशिला कार्की ।
भारत भ्रमण उपलब्धी मुलक देखिएन भन्ने निस्कर्श जनाताले गरे । त्यस पछी चिनको भ्रमणमा धेरै सम्झौता भयो र संयुक्त बिज्ञप्ती निकालियो ।
असोज ९ गते पार्टी छाडेका बाबुरामले नयाँ शक्ती पार्टी को स्थापना गरे र आर्थिक क्रान्ती मुख्य अजेन्डा उनको पार्टी को हो भनेर अभियान चलाउदै छन ।
माघ २६ गते कांग्रेसले आफ्नो नेता सुशिल कोईराला गुमायो र नयाँ सभापति हुन पुगे शेर बहादुर देउवा ।
माघ ८ गते नेपालले बगबन्धु कप जित्यो । यु-२३ बहराईन लाई ३-० ले हराएको थियो । फाल्गून ३ गते नेपाली फुटबल टोलिले भारतलाई २-१ ले हराउदै लामो समय पछी साग जितेको थियो ।
नेपालले सागमा ३ स्वर्ण , २३ रजत र ३४ कास्य गरी ६० पदक जित्न सफल भयो ।
| Nima Gharti Magar |
![]() |
| Gaurika Singh |
२०७२ साल मा नेपाल भूकम्प ले किचिएको , राजनीति ले थिचिएको र भारत ले मिचिएको हुन पुग्यो ।
*****सबै कुराहरु हाल्न नसकेकोमा माफ गर्दिनु होला । सकेसम्म मैले सम्झिएको र महत्वपूर्ण घटना र बिषय समेट्ने प्रयाश गरेको छु ।****
कामना गरौ बर्ष २०७३ सुखमय हुनेछ । सबैलाई नयाँ बर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना ।


















Good One Bro...!
ReplyDeleteThank_You Bro....
Delete