परिवार

जहाँ माया- प्रेम पाइन्छ, जहाँ सम्मान  र आदर हुन्छ , जहाँ कैले झगडा हुन्छ, जहाँ बिश्वासको धागो हुन्छ,जहाँ उत्तर्दाइतिओ हुन्छ , जहाँ सम्बन्ध  हुन्छ , जहाँ बिछोडको पिडा हुन्छ , जहाँ सुरक्षाको आभास गरिन्छ , जहाँ स्नेह पाइन्छ, जहाँ सुख हुन्छ , जहाँ  हुन्छ ; त्यो हो परिवार ।

परिवारमा हुने धेरै कुराहरु हामी सिक्दै जान्छौ । आफ्नो संस्कृती , आफ्नै  भेष-भुषा, आफ्नै परम्परा र आफ्नै पारिवारिक कुराहरु । बच्चा जन्मन्छ, उसले त्यो परिवार बाट माया पाउछ । उ हुर्कदै जान्छ , उसले आफ्नो परिवारको नियम , संस्कृति, ब्यव्हार आदी इत्यादी सबै सिक्दै जान्छ ।

उ अब पढ्न थाल्छ उसले साथीहरु बनाउछ, उ साथीहरुसँग रमाउछ । सुरुको दिन बच्चा स्कुल जान मान्दैन , उसलाई आफ्नो परिवार सँगको बिछोडले सताउछ । उ बिस्तारै पढ्दै जान्छ । उ ठुलो हुँदै जान्छ र उसले परिवार बात धेरै कुरा हरु सिक्दै जान्छ । उसले अब समाज मा सङ्घर्ष गर्छ आफ्नो पहिचान बनाउनलाई, उसले सिकेका कुरा हरु अप्नाउछ, उसले अब समाजको कुराहरु पनि सिक्छ । समाजप्रतिको दाइत्यो समाजप्रतिको लगाव आदी । उ अब २० बर्षको पुगो ।

उ सङ्घर्ष गर्दैछ । उ यदी सफल भयो भने आफ्नो स्थान बनाउन , परिवारको ईज्जत उसले राख्छ र यदी सफल भएन भने उसले सङ्घर्श गर्न कैले छाड्दैन,  थाह छ कि सङ्घर्ष बिना केइ गर्न सकिदैन, उसले समाज र परिवारमा देखेको हुन्छ सङ्घर्षको परिणामहरु ।  उ अब ३० बर्षको भयो , उसले आफ्नो पनि परिवारको ईछ््या राख्छ, उसको ईछ््या पुरा हुन्छ । उसको ईछ्या पुरा गर्ने नै परिवारले हो ।

उ पहिले एक्लोथ्यो अब उ दुई भएको छ । उसको बछ हुन्छ । उसले आफुलाई कर्तव्य परायण ठान््न थाल्छ ।  उसले पनि आफुले सिकेका कुराहरु आफ्नो सन्तान लाई सिकाउछ । उ अब ४० बर्षको भयो । उस्को बुवाको मृत्यु हुन्छ । उ दुखी हुन्छ । उसले अब कर्मकान्डहरु गर्न सिक्छ ।  उ आफुले त आफ्नै हजुरबुवाको कर्मकान्ड हेर्न पाको थिएन तर उसको सन्तानले पनि सिक्दै छ ।

उ अब ६० बर्षको भयो । उसले जागिर बाट अवकाश लिन्छ । उसलाई थाह छ कि उ बुढो हुँदै छ रह उ अब जैले पनि मर्न सक्छ । उसले धुम्रपान सेबन गर्न थाल्छ । उसले देखेको हुन्छ उसका बाबुले धुम्रपान गरेको । उ बिस्तारै बुढो हुँदै जान्छ र एकदिन उ पनि यस संसार बाट जान्छ ।

उसले जे सिक्छ उसले आफ्नो सन्तानलाई पनि तेई सिकाउछ । उसले जे भन्छ सन्तानले पनि तेई गर्छन् । परिवार ; जहाँ हामी जन्मन्छौ जहाँ हामी हुर्कन्छौ , जहाँ हामी बुढो हुन्छऔ र जहाँ हाम्रो सारीरको अन्त्य हुन्छ । सबै कुराहरु हामिले सिक्ने भनेको परिवार बाट नै हो । हामी मा जे गूण र अवगुण छ , सबै हामिले परिवार बाट सिकेको हो । मान्छे को सोचाइ फरक हुन्छ , मान्छेको कुनै कुरा प्रती को लगाव फरक हुन्छ , तर उसले परिवार बाट सिकेका कुराहरु उसका लागी अपरिहार्य हुन्छ ।

एउटा मात्र होईन , सबै परिवारमा यही हुन्छ र सबै परिवारमा पाइने कुराहरु एउटाै हुन् , माया-प्रेम , सुरक्षा, स्नेह , दुख , सुख , इज्जत , आदर , आदी । मात्र फरक हुन्छ त केवल भाषा, धर्म, संस्कृति, परम्परा , भेष-भुषा ।




                                                                                                                                                 - अग्निप्रभा


Comments

Popular posts from this blog

समय

भोटको कसरत कि विकाश्को ?

Road To Anarchism