मेरी उनि
सेतो कुर्तामा एउटी केटी हिडिरखेकी थिई । उ एकाबिहानै कलेज हिडेकी जस्तो लागो । उ बिस्तारै बिस्तारै बसपारका तिर लागी । उसलाई मैले पछ्याएको धेरै दिन भयो । धेरै राम्री छे । उसलाई नहरेको दिन नै थिएन । सधै पछाइरहने म , कैले पनि शनिवार नाओस् भन्थे । शनिवार मलाई के पुगेन के पुगेन जस्तो लाग्छ । सायद शनिवार नै नाओस् जस्तो लाग्छ अचेल ।
कलेज मा पनि मैले त्यस्तै आकृती देखे जुन मैले सधै देखिराको हुन्थे । म विस्तारै मेरो मनको मिल्ने आकृतिलाई समझ्दै उसलाई हेर्न गए । मैले हेरे उसलाई । कलेज पनि सकिन लागेको थियो । कक्ष्या हरु पनि पातलिदै थिए । गुरुहरु पनि पातलिदै हुनुन्थ्यो । अब धेरै दिन छैन कलेज लाग्ने । सधै कक्ष्या सकिने बितिकै उस्लाई नै हेर्ने गर्थे । अर्को कक्ष्यामा उ हुन्थ्यी । ठ्याकै उसलाई मेरो सिट बाट देखिन्थ्यो ।
कलेज बिदा भएपछी म उसलाई हेर्दै-हेर्दै बस स्ट्यान्ड सम्म जान्थे । सधै यस्तो कृयाकलाप भैरहन्छ । सधै यस्तै हुन्छ । सधै म यस्तै गर्छु । उसले पनि मलाई एकखेप हेर्छे कि जस्तो लाग्थ्यो । चमेना गृहमा पनि उस्लाई हेरिरहेको हुन्थे । अकास्मत आज उसले मलाई हेरी । म मनमनै खुशी भए । म एकदम खुशी छु अचेल । उसले मेरो ख्याल गर्छे, मलाई पनि अलिअली हेर्छे ।
उसँग म आज सम्म बोलेको छैन र बोल्ने आटपनि छैन । डर लाग्छ मलाई , उसले के भन्छे भनेर,के सोच्छे भनेर । अब नयाँ सेमेस्टर लागेपछी म अवस्य बोल्नेछु । मेरो मनको कुरा उसलाई भन्नेछु । अनि पिरती गास्ने छु ।
उसलाई समर्पण गर्दै यि मेरा चार हरफ :
हिजो मात्र तिमीलाई देखेजस्तो लाग्छ
तिम्रै लागी मेरो मुटु धड्किएझै लाग्छ । ।
एकपटक फर्केर त हेर मेरी मायालु ,
तिम्रो लागी सारा संसार छाड्छु जस्तो लाग्छ । ।

----अग्निप्रभा
Hait.... Tyo Tah Arko Semester Fuchhi Haina Rah :D :P
ReplyDelete